• द. नं:३५२/०५५/०५६
  • पान. नं : ३०३२११५०५
  • +०४८-५४०३८० , +०४८-५४०६८०

Message From

Message From Manager

Ramesh Kumar Udash

नवजागरण साकोस लामो समयको विभिन्न आरोह अवरोहहरु पार गर्दै राष्ट्रिय स्तरमा समेत पहिचान कायम गर्न सफल भएको छ । यस संस्थाले राष्ट्रिय रुपमा प्राप्त गरेको विभिन्न सम्मान, पुरस्कार र प्रोबेशन ब्राण्ड सदस्यहरुले संस्था प्रति गर्नुभएको अगाध स्नेह, विश्वास र योगदानको परिणाम हो । यस अवधिमा संस्था सदस्यहरुले सुनिश्चित भएर बचत तथा ऋण कारोबार गर्नसक्ने सवल र सुरक्षित वित्तीय संस्थाको भरपर्दो विकल्प बन्न सफल भएको छ ।अझै प्रभावकारी ब्यवस्थापनको लागि सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा रचनात्मक सल्लाह सुझाव प्रदान गरी मार्गनिर्देशन गरी दिनुहुन अनुरोध छ । हामी सम्पूर्ण कर्मचारीहरु सदैव संस्थामा आवद्ध सदस्यहरुको आवश्यकता तथा सन्तुष्टि र गुणस्तरीय सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन प्रतिवद्ध छौं ।


Message From Chairperson

Somesh Thapa

रामेछाप जिल्लाको मन्थली गा.वि.स. मा २०५५÷०४÷१२ गते दर्ता भई साविक मन्थली गा.वि.स.को वडा नं. ७ र ८ कार्य क्षेत्र बनाई २५ जना महिला बाट मासिक रु. १०।– वचत संकलन गरी रु २५० बाट सुरु भएको सस्थाले हाल  बिभिन्न पुुरस्कार सम्मान तथा प्रोबेशन ब्राण्ड प्राप्त गरी  रु ७१ करोड को कारोबार संचालन गरिरहेको छ ।
रामेछाप जिल्लाको साविक मन्थली गा.वि.स.को वडा नं. ७ र ८ कार्य क्षेत्र बनाई कार्य थालेको संस्था ले २०६२ चैत्रबाट ५ वटा गा.वि.स. समेटी मन्थली बजारमा संचालन गरेको संस्था स्थानिय पुर्नसंरचना अनुसार रामेछाप जिल्लाको १५ वटा वडालाई कार्य क्षेत्र बनाई संचालन गरेकोमा मिति २०७९।०६।२७ मा पुनर्लिखित विनियम स्वीकृत भई हाल मन्थली नगरपालिका, रामेछाप नगरपालिका, लिखुतामाकोसी गाँउपालिका र खाँडादेबी गाँऊपालिकाका ३९ वटा वडालाई कार्य क्षेत्र बनाई संचालन भैरहेको छ ।